टोकला मसला चिया नयाँ प्याकमा

बुधबार, १३ साउन, २०७८
डिजिटल संस्करण

चिया उत्पादक कम्पनी नेपाल चिया विकास निगम लिमिटेडले नयाँ प्याकमा टोकला मसला चियाको बिक्री–वितरण सुरु गरेको छ । निगमको आफ्नै बगानबाट टिपिएको ताजा एवं उत्कृष्ट चिया र असली मसलाहरूको मिश्रण गरी तयार पारेको मसला चिया उच्च गुणस्तरीय र स्वास्थ्यवर्द्धक रहेको कम्पनीको दाबी छ । 

साथै नयाँ प्याकको चियामा अदुवा, सुकुमेल, ल्वाङ, दालचिनी र मरिचजस्ता रोगप्रतिरोधी क्षमता बढाउने तथा मानव स्वास्थ्यका लागि हितकारी मसलाहरूको सम्मिश्रण रहेको कम्पनीको भनाइ छ ।

सुझावित समाचार