आइएसएमटी कलेजमा सन्डरल्यान्डको शैक्षिक कार्यक्रम

मंगलबार, १२ साउन, २०७८
डिजिटल संस्करण

आइएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने भएको छ । विगत १० वर्षदेखि बेलायतका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको यो कलेजले अब सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धनमा शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्न लागेको हो ।

शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै औपचारिकता पूरा भइसकेको कलेजले  जनाएको छ । बेलायतका प्रमुख सहरहरूलगायत हङकङमा समेत सन्डरल्यान्ड विश्वविद्यालयका आफ्नै कलेज रहेका छन् ।

यो विश्वविद्यालयको सम्बन्धनमा विश्वका धेरै देशहरूमा शैक्षिक कार्यक्रम सञ्चालन हुँदै आएको जनाइएको छ । सन् २००१ मा बेलायतको पत्रिका ‘द गार्डियन’का अनुसार सन्डरल्यान्ड विश्वविद्यालय बेलायतको नयाँ विश्वविद्यालयमध्ये पहिलो नम्बरमा पर्न सफल भएको उल्लेख गरेको जनाइएको छ । 

उक्त विश्वविद्यालयले सन् २००५ मा ‘टाइम्स हाइअर एजुकेसन’को ‘बेस्ट स्टुडेन्ट्स एक्सपेरियन्स’मा शीर्ष स्थान हासिल गर्न सफल भएको कलेजको दाबी छ । त्यस्तै, सन् २०१९ मा टाइम्स हाइअर एजुकेसनकै युरोपियन टिचिङ र्यांकिङमा २०१औ“ स्थानमा पर्न सफल भएको जनाइएको छ । उक्त विश्वविद्यालयको शैक्षिक कार्यक्रमबाट नेपालका विद्यार्थीले स्वदेशमै बेलायतको डिग्री प्राप्त गरी शैक्षिक लाभ लिन सक्ने आइएसएमटीले जनाएको छ ।

सुझावित समाचार