उपेन्द्र यादवले भने– ठाकुर पक्षले आत्मालोचना गरे विचार गर्छाैँ

सोमबार, ११ साउन, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर पक्षले आत्मालोचना गरे सोच्न सकिने बताएका छन्। 

निर्वाचन आयोगमा सनाखतपछि सञ्चारकर्मीसँग कुरा गर्दै यादवले भने, ‘उहाँहरू (महन्थ ठाकुर)लाई हामीले घोक्य्राएर पार्टीबाट हटाउन चाहँदैनौँ, विगतका कमी–कमजोरीबारे गल्ती स्विकारेर आउनुभयो भने सोच्न सकिन्छ।’

आफूहरूको पक्षमा बहुमत पुगे पनि ठाकुर पक्षलाई पार्टीबाट निकाल्ने सोच नभएको बताउँदै सच्चिएर आउन आग्रह गरे। पार्टीको नीतिविपरीत ठाकुर पक्षले प्रतिगमनलाई साथ दिएको उनको भनाइ छ। उनले पार्टी छिट्टै सरकारमा सहभागी हुने बताए।
 

See More On

सुझावित समाचार