नेपाल समूहको स्थायी कमिटी बैठक : दुई घन्टा छलफल, झलनाथबाहेक सबै सहभागी

आइतबार, १० साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठकमा समसामयिक विषयमा छलफल भएको छ । शंखमूलस्थित एक पार्टी प्यालेसमा आइतबार अबेर दुई घन्टा छलफल भएको छ । 

नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर जानुपर्छ भन्नेमा जोड दिएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल जारी रहेको र सोमबार बिहान ११ बजे पुनः बैठक बसेर निष्कर्ष निकाल्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । 

बैठकमा वरिष्ठ नेता झलनाथ खनालबाहेक नेपाल समूहका स्थायी कमिटीका सबै नेता सहभागी थिए । खनाल भने भारतमा उपचाररत छन् । यसअघिको बैठकमा सहभागी नभएका उपाध्यक्ष भीम रावल पनि आइतबारको बैठकमा सहभागी भएका छन् ।
 

सुझावित समाचार