माओवादी केन्द्रले टुंग्यायो गण्डकी सरकारमा सहभागी हुने मन्त्री

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने सदस्यको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले अर्थ मन्त्रालयमा रामजी बराल, कृषिमा चन्द्रबहादुर बुढा र वन तथा वातावरणमा दीपक चर्तीमगरलाई पठाउने निर्णय गरेको प्रदेश सभा सदस्य दीपक कोइरालाले जानकारी दिए ।

यसअघि माओवादीबाट मधुमाया अधिकारी गण्डकी सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेकी छिन् ।  

कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारमा मन्त्रालयमा सहमति जुटेसँगै माओवादीले मन्त्री सिफारिस गरेको हो ।
 

सुझावित समाचार