एमालेबारे माधव नेपालको टिप्पणी– पार्टी नै कुहिएपछि नाम र चिह्नले केही गर्दैन (भिडियोसहित)

बिहिबार, ७ साउन, २०७८
डिजिटल संस्करण

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी नै कुहिएपछि नाम र चिह्नले केही नगर्ने बताएका छन् । ४३औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बिहीबार काठमाडौंको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा नेपालले पार्टी एकढिक्का भएर मात्रै नहुने भन्दै सिंगो आधार, धरातल ठीक छ कि छैन हेर्नुपर्ने बताए । 

सशक्त पार्टी निर्माणमा विचार, दृष्टिकोण सही हुनुपर्नेमा उनले जोड दिए । क्रान्तिकारी भाव, देशभक्तिले भरिपूर्ण, जनताप्रति समर्पित हुनुपर्ने उनको भनाइ छ । समाजवाद निर्माणको बाटोमा सही ढंगले अघि बढ्नुपर्ने आवश्यकता पनि उनले औँल्याए । 
 

सुझावित समाचार