नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू छलफलमा जुटेका छन्। पछिल्लो राजनीतिक परिस्थितिमा कसरी अगाडि बढाउने भन्ने रणनीति तय गर्न नेपालनिकट स्थायी कमिटी सदस्यको बैठक बसेको हो।
एमालेका २२ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उनीहरूलाई केन्द्रीय कमिटीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। उक्त विषयमा पनि छलफल हुने एक नेताले बताए। बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत नदिएका स्थायी कमिटीका नेता पनि सहभागी छन्।