बिपीले देखाएको बाटो आत्मसात् गर्न सक्नु अहिलेको कांग्रेसको आवश्यकता हो : सिंह

बुधबार, ६ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिपीले देखाएको बाटो आत्मासात् गर्न सक्नु अहिलेको कांग्रेसजनको आवश्यकता भएको बताएका छन् ।  ३९औँ बिपी स्मृतिका अवसरमा सामाजिक सञ्जालमा श्रद्धाञ्जली अर्पण गर्दै नेता सिंहले बिपीको राजनीतिक योगदानको स्मरण गरे । 

नेता सिंहले बिपीले देखाएको देश र जनतालाई सर्वोपरी ठान्ने, संविधानवाद र प्रजातन्त्रको बाटोमा हिँड्ने र गलत कुरामा कसैसँग सम्झौता नगर्ने विषयलाई वर्तमान कांग्रेस नेतृत्वले आत्मसात् गर्नुपर्ने बताए । 

नेपाली जनतालाई स्वतन्त्रता प्रदान गर्दै प्रजातन्त्रको दियो बालेर रैतीबाट नागरिक बनाउनका लागि बिपीले गरेको योगदान स्मरणीय भएको भन्दै उनले आफूलाई संकटमा पारेर पनि देश, जनता र प्रजातन्त्रका प्रति उनको दृढसंकल्पको जति प्रशंसा गरे पनि कम हुने उल्लेख गरे । 

साथै उनले मुस्लिम धर्मावलम्बीहरूको महान् चाड बकरइदका अवसरमा सबै मुस्लिम समुदाय तथा आमनेपाली समुदायमा शुभकामना व्यक्त गरे । 

सुझावित समाचार