नेपालका लागि निसान र ड्याटसनको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले ५ सय ७८ वटा निसान म्याग्नाइट बिक्री गरेको छ । कम्पनीले सन् २०२१ फेब्रुअरी २२ देखि निसान म्याग्नाइट बिक्री सुरु गरेको हो ।
बजारमा सार्वजनिक गरिएसँगै ७४ दिनमै ५ सय ७८ वटा बिक्री गरिसकेको कम्पनीको भनाइ छ । निसान म्याग्नाइटको हाल १ हजारभन्दा बढी बुकिङ रहेको कम्पनीले जनाएको छ । उच्चदरमा बिक्री हुनाले यो पायोनियर मोटोकर्पका लागि कोसेढुंगा साबित भएको कम्पनीले उल्लेख गरेको छ ।