प्रधानमन्त्रीलाई विश्वासको मत दिनु २३ सांसदको कर्तव्य हो : रामकुमारी झाँक्री

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले नेकपा एमालेका २३ सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु कर्तव्य भएको बताएकी छिन्। उनले सकिन्छ भने एमालेले संस्थागत निर्णय गरेरै प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेकी छिन्।  

‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ। यदि  त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ,’ उनले भनेकी छिन्।

अदालतले परमादेश आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु कर्तव्य भएको उनको भनाइ छ।
उनले सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न विवेक प्रयोग गरी पक्षमा भोट हाल्नसमेत आग्रह गरेकी छिन्।

*यस अघि असावधानीवश पत्रकार नरेश श्रेष्ठले खिचेको तस्विर प्रकाशन हुन पुगेकोमा क्षमाप्रार्थी छौं।
 

सुझावित समाचार