प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिँदै

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिने भएका छन् । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा नै उनले विश्वासको मत लिन लागेका हुन् । संसद् सचिवालय स्रोतका अनुसार उनले बेलुकी ४ बजे बस्न लागेको बैठकमा विश्वासको मत लिँदै छन् । 

देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । संविधानको धारा ७६ (५)अनुसार नियुक्त भएका प्रधानमन्त्री देउवाले संवैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानको धारा ७६ (६)ले ७६ (५)बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले पनि ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने प्रावधान राखेको छ ।

अहिले संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बस्दै छ । बिहान १० बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

See More On

सुझावित समाचार