सक्रिय एवं रचनात्मक प्रतिपक्षमा बस्छाैँ : ओली

शुक्रबार, १ साउन, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका अध्यक्ष केपी ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरू सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् ।  

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको पार्टी स्थायी कमिटीको बैठकको अध्यक्षता गर्दैै अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताए  ।

बैठकमा बोल्दै अध्यक्ष ओलीले आफूहरू कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पारेका छन् । उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसलाप्रति असहमति रहने, तर कार्यान्वयनमा जान अघि बढ्ने बताए । 

बैठकमा माधव नेपाल पक्षका नेता भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पनि सहभागी भएका थिए ।

See More On

सुझावित समाचार