प्रधानमन्त्री देउवा र एमाले वरिष्ठ नेता नेपालबीच कोटेश्वरमा भेटवार्ता

बुधबार, ३० असार, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा दुई नेताबीच भेटवार्ता भएको हो । 

नेपालका सहयोगी नितेश पौडेलका अनुसार देउवा र नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीमा नियुक्त भएको भोलिपल्ट देउवा नेपाललाई भेट्न गएका हुन् । 

देउवाको शपथग्रहणमा नेपाल पनि उपस्थित थिए । नेपाल समूहका २६ जना सांसदको समेत समर्थनमा देउवा प्रधानमन्त्री बनेका छन् ।
 

सुझावित समाचार