नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शपथको पर्खाइमा बसेका छन् । शीतलनिवासमा साँझ ६ बजे शपथको कार्यक्रम राखिए पनि नियुक्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले शपथ लिन मानेका छैनन् ।
देउवाले नियुक्तिमा संविधानको धारा उल्लेख गरेर सच्याउन माग गरेका छन् । नियुक्ति र शपथमा धारा ७६ (५) उल्लेख हुनुपर्ने देउवाको अडान छ ।
राष्ट्रपतिले शपथको व्यहोरा सच्याउने प्रतिबद्धता जनाए पनि अहिलेसम्म नसच्चिएको शीतलनिवासबाट कांग्रेसका एक नेताले जानकारी दिए । शीतलनिवासमा दुई घन्टादेखि पूर्वप्रधानमन्त्री, संवैधानिक अंगका पदाधिकारीलगायतशपथको पर्खाइमा बसेका छन् ।
विपक्षी गठबन्धनका नेताहरू पनि शीतलनिवासमा छलफलमा जुटेका छन् ।
सिंहदरबारमा पनि प्रधानमन्त्री र मन्त्रीहरूको पर्खाइमा कर्मचारी बसेका छन् ।