कांग्रेसबाट खाण र कार्की, माओवादी केन्द्रबाट शर्मा र भुसाल मन्त्री बन्ने

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

कांग्रेसबाट बालकृष्ण खाण  र ज्ञानेन्द्रबहादुर कार्की मन्त्री बन्ने भएका छन् । पूर्वरक्षामन्त्री खाण र पूर्वअर्थमन्त्री कार्की दुवै कांग्रेस सभापति शेरबहादुर देउवानिकट हुन् । 

खाणले गृह मन्त्रालय र कार्कीले कानुन मन्त्रालय सम्हाल्ने कांग्रेसका एक नेताले बताए ।  

स्वास्थ्यमन्त्रीमा गगन थापालाई नियुक्त गर्न कांग्रेसभित्रैबाट दबाब बढेको ती नेताले बताए ।

माओवादी केन्द्रबाट जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री बन्ने भएका छन् । शर्माले अर्थ र भुसालले ऊर्जा मन्त्रालय सम्हाल्ने बताइएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार नै शपथ लिँदै छन् । प्रधानमन्त्रीको शपथपछि मन्त्रीहरूको शपथ हुनेछ । 

सुझावित समाचार