कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । सर्वाेच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनी परमादेश जारी गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र राष्ट्रपति कार्यालयबाट पठाइसकेको कार्यालयका सचिव टीका ढकालले जानकारी दिए ।