लोकतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको छ : ओली (भिडियोसहित)

मंगलबार, २९ असार, २०७८
डिजिटल संस्करण

निवर्तमान प्रधानमन्त्री केपी ओलीले मुलुकमा लोकतन्त्रविरुद्ध गम्भीर षड्यन्त्र भइरहेको बताएका छन् । सिंहदरबार छोड्नुअघि देशवासीका नाममा सम्बोधन गर्दै ओलीले महामारी र प्राकृतिक विपत्तिविरुद्ध एकताबद्ध भएर विकास र निर्माणको काममा अग्रसर हुनुपर्नेमा सरकार फेरबदलमा लाग्नु दुःखद भएको भन्दै देशलाई विपरीत दिशातिर लैजान खोजिएको आरोप लगाए । 

उनले सर्वाेच्चको फैसलालाई कतिले ऐतिहासिक भने पनि इतिहासले त्यसको समीक्षा गर्ने बताए । सर्वाेच्चको फैसलाप्रति उन्माद र निराश हुनुनपर्ने उनको भनाइ थियो । राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई सबल बनाउँदै जानुपर्नेमा त्यस्तो हुन नसकेको भन्दै उनले बाँकी अवधिको संसद् सहीसलामत तरिकाले चल्नेमा शंका व्यक्त गरे ।

उनले भने, ‘बाँकी अवधि संसद् सहीसलामत चलोस् । समयमा निर्वाचन होस् भन्ने कामना गर्दछु । तर, जे–जस्तो घटना घटिरहेका छन् आज बन्ने सरकार सहीसलामत तरिकाले अगाडि बढ्नेमा शंका छ  । अग्रणी भूमिका खेल्ने पात्रहरू परिचित पात्रहरू छन्  । उनीहरूको भूमिका देश र जनतालाई थाहा छ, त्यो मैले भनिरहनुपर्दैन ’


 ओलीले लोकतन्त्र आफ्ना लागि जीविका नभएर जीवनको विषय भएको उल्लेख गरे । 

See More On

सुझावित समाचार