केही समयअघि ३ हजारको बिन्दुसम्म पुगेको नेप्सेमा एकाएक ब्रेक लागेपछि असारको २ हप्ता सेयर बजारका लागि खराब समय भयो । महिनाको अन्तिम हप्ताको सेयर कारोबारले भने निराश बनेका लगानीकर्तामा उत्साह छाएको छ ।
‘पर्ख र हेर’को अवस्थामा बसेका लगानीकर्ताले लगानी बढाउनका लागि तत्परता देखाएका छन् ।
नेप्सेसँगै सेयर कारोबार रकमले पनि साथ दिएको र बजार अब नयाँ रेकर्डतर्फ अघि बढ्नेमा आशावादी रहेको लगानीकर्ता बताउँछन् ।अघिल्ला कारोबारहरूमा ४ अर्ब रुपैयाँमा सीमित हुँदै आएकोमा सो दिन दोब्बरले सुधार आएको हो । धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २५ कम्पनीको ३ करोड १५ लाख कित्ता–इकाइ सेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।
धेरै कारोबार हुने कम्पनीमा एनआइसी एसिया बैंक रहेको छ । बैंकको ४० करोड रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको सो दिन २५ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ । त्यसैगरी, नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १८ करोड ७८ लाख रुपैयाँ र मञ्जुश्री फाइनान्स कम्पनीको १७ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार नेप्से परिसूचक ७४ दशमलव ७१ अंकले बढेर २ हजार ९ सयको बिन्दुमा पुगेको छ । त्यस्तै ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १३ दशमलव ७७ अंकले बढेर ५ सय ४३ दशमलव ४३ बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १३ वटै समूहको सूचकमा हरियाली छाएको छ । नेप्से बढेसँगै सबै समूहको सूचक सकारात्मक बनेको हो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै बढेको छ । यस समूहको सूचक ८ दशमलव २९ प्रतिशतले बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, माइक्रो फाइनान्स, जलविद्युत् समूहमा लगानीकर्ताले आकर्षण बढाएका छन् ।
वार्षिक प्रतिफललाई अध्ययन गर्न नसके लगानीकर्ताले ठूलो नोक्सान व्यहोर्नुपर्छ
सेयर लगानीकर्ता
सेयर बजार अहिले एउटा उचाइमा पुुगेको अवस्था छ । अहिलेको अवस्थामा सेयर खरिद गर्दा अथवा नयाँ लगानीकर्ताले लगानी गर्दा कम्तीमा पनि वर्षको अन्त्यमा प्राप्त हुने प्रतिफल र त्यसको वर्तमान मूूल्यलाई अध्ययन गर्नुपर्ने हुन्छ । लगानी गरिसकेपछि त्यसले दिने प्रतिफललाई अध्ययन गर्न सकिएन भने बढ्दो बजारमा ठूलो नोक्सानी व्यहोर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
विगतको हाम्रो इतिहासलाई हेर्ने हो भने पनि एउटा निश्चित उचाइमा पुुगिसकेपछि बजार स्वाभाविक रूपमा करेक्सनमा आउँछ । करेक्सनमा आउने क्रममा पनि आफूले गरेको लगानीलाई कम्पनीले दिने प्रतिफलले सपोर्ट ग¥यो भने त्यो लगानी लामो समयसम्म राख्न सकिन्छ र फेरि बजारले नयाँ उचाइ लिँदाका बखत राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।
अहिलेको अवस्थामा लगानीकर्ताले लगानी गर्दा हल्लाका भरमा प्रतिफल दिन नसक्ने कम्पनीहरू जसको भविष्यको मूूल्य पनि अनुुमान गर्न सकिँदैन र वर्तमानमा पनि राम्रो प्रतिफल दिँदैन भने त्यस्ता क्षेत्रमा लगानीकर्ताले लगानी गरेर जोखिम लिनुहुँदैन । पछिल्लो बजारको ट्रेन्डलाई हेर्दा बैंकिङ क्षेत्र अन्य क्षेत्रको तुलनामा केही हदसम्म लगानी गर्न योग्य छ भन्ने मेरो बुुझाइ हो । पुुुँजी बजारलाई धितोपत्र बोर्डले लिने नीति, राष्ट्र बैंकले लिने नीतिले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा प्रभाव पारेको हुन्छ । साउन महिनाको पहिलो हप्ता आउने मौद्रिक नीतिले पनि केही हदसम्म बजारलाई असर गर्छ ।
सबै बैंक, वित्तीय संस्थालगायत सूचीकृत कम्पनीहरूको असार मसान्तपछि एक वर्षको लाभांश क्रमशः घोषणा गर्ने समय आउँछ । अबको तीन–चार महिनादेखि क्रमशः लाभांश आउने हुनाले, त्यो कारणले पनि भोलिका दिनमा पुँजी बजार तत्कालै करेक्सन हुने वा तत्कालै तीव्र गतिमा जानेजस्तो मलाई लाग्दैन ।