कार्यदलको छलफलबाट पौडेल बाहिरिए, ज्ञवाली भन्छन्– टुंगिएको छैन, कोसिस जारी छ

आइतबार, २७ असार, २०७८
डिजिटल संस्करण

पार्टीको विवाद समाधान गरेर एकता कायम राख्न आठ घन्टादेखि जारी एमाले कार्यदलको बैठकले अहिलेसम्म सहमतिको प्याकेज टुंग्याउन सकेको छैन । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी छलफलबाट उपप्रधानमन्त्री तथा विष्णु पौडेल बैठक जारी रहेको जानकारी गराएर सञ्चारकर्मीहरूकाे जिज्ञासा सम्बोधन नगरी बाहिरिएका छन् । 

तर, कार्यदलमा संस्थापनबाट सहभागी नेता प्रदीप ज्ञवालीले प्याकेज सहमतिका लागि छलफल जारी रहेको जानकारी दिएका छन् । ‘बिहानैदेखि छलफल जारी छ, टुंगिएको छैन, हामीले कोसिस गरिरहेका छौँ,’ ज्ञवालीले संक्षिप्त प्रतिक्रिया दिँदै नयाँ पत्रिकासँग भने । 

कार्यदलमा संस्थापन र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट दश नेता छन् । उनीहरूले आइतबार बिहान एकताको सुःखद सन्देश सम्प्रेषण गर्ने बताएका थिए । तर, वरिष्ठ नेता नेपालले सर्वाेच्च अदालतको फैसलाअघि त्यसलाई प्रभावित हुने गरी सहमति गर्न अनिच्छा देखाएपछि कार्यदलका सदस्यहरले उनलाई मनाएर सहमतिको प्याकेज टुंग्याउने कोसिस जारी राखेका छन् ।

सुझावित समाचार