जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप सोमबार नेपाल आउने

शनिबार, २६ असार, २०७८
डिजिटल संस्करण

कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाले नेपालाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप उपलब्ध गराउने आधिकारिक घोषणा गरेको छ । यसअन्तर्गत जोन्सन एन्ड जोन्सनको १५ लाख ३४ हजार आठ सय ५० डोज खोप नेपालमा आउनेछ । 

नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले शुक्रबार नेपाललाई अमेरिकाले १५ लाख डोज खोप उपलब्ध गराउन लागेको जानकारी दिएका छन् । नेपाल सरकारका अधिकारीहरूका अनुसार उक्त खोप सोमबार नेपाल आइपुग्नेछ । 

त्यसैबीच चीनबाट खरिद गरिएकोमध्ये आठ लाख डोज खोप शुक्रबार नेपाल आएको छ । एकपटकमा १० लाख डोज खोप ल्याउने तयारी भए पनि जहाजमा ठाउँ नपुग्दा आठ लाख मात्र ल्याउन सकिएको हो । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी चीन गएको थियो । सरकारले चीनसँग ४० लाख भेरोसेल खोप किन्ने सम्झौता गरेको छ । 

अमेरिकाबाट आउने १४ र चीनबाट खरिद गरिएका ४० लाख डोज खोपले थप ३५ लाख नागरिकलाई खोप लगाउन सकिनेछ । जोन्सन एन्ड जोन्सनको खोप एक मात्रा लगाए पुग्छ भने भेरोसेल दुई मात्रा लगाउनुपर्छ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । यसअघि कोभ्याक्सले तीन लाख ४८ हजार कोभिसिल्ड खोप उपलब्ध गराएको थियो । 

See More On

सुझावित समाचार