सिंहदरबारमा एमाले कार्यदल बैठक

बिहिबार, २४ असार, २०७८
डिजिटल संस्करण

सत्तारुढ एमाले विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । दिउँसो स्थगित भएको बैठक साँझ बसेको हो । 

सिंहदरबारस्थित अर्थ मन्त्रालयमा जारी बैठकमा सहमतिको प्रयास गरिने सदस्यहरूले बताएका छन् ।  कार्यदल सदस्य प्रदीप ज्ञवालीले कार्यदलको छलफलमा विषयवस्तुहरूमाथि समझदारी जुटेको बताएका छन् । उनका अनुसार भाषिक रूपमा सहमतिको मस्यौदालाई अन्तिम रूप दिनेबारे छलफल हुनेछ । 

दिउँसोको बैठकपछि ज्ञवालीले पार्टीलाई  ०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयको विवादको विषयमा समझदारी बनेको ज्ञवालीले बताएका थिए । उनले भनेका थिए, ‘पार्टीलाई ०७५ जेठ २ अघिको संरचनामा फर्काउने र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने विषयमा समझदारी बनेको छ र त्यसलाई अन्तिक रूप दिनेछौँ ।’

सुझावित समाचार