प्रचण्ड र नेपालबीच एक घन्टा भेटवार्ता

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच करिब एक घन्टा भेटवार्ता भएको छ । नेपालनिवास कोटेश्वरमा मंगलबार दिउँसो दुई नेताबीच भेटवार्ता भएको हो । 

प्रचण्ड जनकपुरबाट काठमाडौं फर्केपछि विमानस्थलबाट सीधै नेपालनिवास कोटेश्वर पुगेका थिए । विपक्षी गठबन्धनमा आबद्ध प्रचण्ड र नेपालबीच एमाले कार्यदलले पार्टी एकताको गृहकार्य थालिरहेको वेला भेटवार्ता भएको छ । 
 

सुझावित समाचार