एक सय ५० केजी गाँजा र नक्कली पेस्तोलसहित दुई पक्राउ

मंगलबार, २२ असार, २०७८
डिजिटल संस्करण

एक सय ५० केजी गाँजा र नक्कली पेस्तालसहित दुईजना पक्राउ परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका– ८ शुक्रबारेस्थित चतराबाट एक सय ५० केजी गाँजा र नक्कली पेस्तोलसहित सोही स्थानका २२ वर्षीय भूपेन राय र सुनसरी रामधुनी– ७ का २५ वर्षीय अमिर लिम्बू पक्राउ परेका हुन् । तस्करीमा संलग्न दुईजना फरार भएका छन् । 

गएराति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा तस्करीमा संलग्न दुईजनासहित  गाँजा बोकेको को.२च ११२ नम्बरको मारुती भ्यान र को.२प ३५०२ नम्बरको मोटरसाइकल र एक थान नक्कली पेस्तोल पनि बरामद गरेको  प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

गाँजा बोकेर चतराबाट दक्षिणतर्फ आइरहेको भ्यानको  सिटमा तस्करहरूले  नक्कली पेस्तोल लुकाएर राखेका थिए । गाँजा तस्करीमा संलग्न  फरार दुईजनाको  खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

See More On

सुझावित समाचार