माओवादी केन्द्रकी नेतृ एवं पूर्वमन्त्री पम्फा भुसाललाई मातृशोक परेको छ । ९३ वर्षीया उनकी आमा इन्द्रकला भुसालको सोमबार बिहान ७ बजे निधन भएको हो । ललितपुरस्थित आफ्नै निवासमा निधन भएकी भुसालको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृ भुसालकी आमाको निधनको खबरले दु:खी बनाएको भन्दै दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट पनि गरेका छन् । इन्द्रकलाका पाँच छोरी र एक छोरा छन् ।