उपत्यकामा निषेधाज्ञा ३१ असारसम्म थपियो, सवारीसाधनमा जोर–बिजोर प्रणाली हट्यो (भिडियोसहित)

आइतबार, २० असार, २०७८
डिजिटल संस्करण

काठमाडौं  उपत्यकामा ३१ असारसम्मका लागि निषेधाज्ञा थपिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले थप खुकुलो बनाउँदै निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

मंगलबारदेखि निजी तथा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाइएको छ । साथै, सबै प्रकारका सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ । सिट क्षमताअनुसार मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात खुलाइएको हो । यसअघि २५ सिटभन्दा धेरै क्षमताका बस मात्र सञ्चालन गर्न दिइएको थियो । 

स्वास्थ्य मापदण्ड पालना गरी परीक्षासमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । होटल तथा रेस्टुरेन्टको हकमा टेकअवे सेवा मात्र खुला गरिएको छ । सभा, सम्मेलन, हल जिम, सैलुन, डान्सबारलगायत क्षेत्र भने अझै बन्द नै हुनेछन् । 

सुझावित समाचार