कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले सदस्य प्रदीप पौडेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । औपचारिक धारणा सार्वजनिक गर्न पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको समितिले जनाएको छ ।
कांग्रेसमा क्रियाशील सदस्यताको छानबिनको काम भइरहेको छ । रमेश लेखक संयोजक रहेको छानबिन समितिमा पौडेलसहित आनन्द ढुंगाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् ।