पहिरोकाे कहर : नारायणघाट-मुग्लिन सडकमा जे देख्यौँ (फोटोफिचर)

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

अविरल वर्षासँगै नारायणघाट–मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो, केराबारी र घोर्लेलगायतका क्षेत्रमा पहिरो खसेपछि यातायातमा समस्या भएको छ । अन्य ठाउँको पहिरो हटाए पनि  चारकिलो र घोर्लेको पहिरो भने अझै हटाउन सकिएको छैन ।

चारकिलोको पहिरोले दुई दिनदेखि दुःख दिएको छ भने घोर्लेमा आज साँझ फेरि पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध बनेपछि भरतपुरदेखि मुग्लिनसम्म  सवारीको लस्कर छ ।  दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगा सडकमा खसेपछि एक्स्काभेटरको सहयोगले फुटालेर हटाउने प्रयास भएको छ । 


 

See More On

सुझावित समाचार