राष्ट्रिय सभामा प्रस्तुत सातवटा अध्यादेश अस्वीकार गर्न संसद् सचिवालयमा सूचना दर्ता

शुक्रबार, १८ असार, २०७८
डिजिटल संस्करण

जनता समाजवादी पार्टी (जसपा)बाट राष्ट्रिय सभाका दुईजना सदस्यले राष्ट्रिय सभामा प्रस्तुत सातवटा अध्यादेश अस्वीकार गरेको सूचना संसद् सचिवालयमा दर्ता गराएका छन् । जसपाका सांसद प्रमिला कुमारी र मृगेन्द्रसिंह यादवले शुक्रबार सातवटै अध्यादेश अस्वीकार गर्नुको कारणसहित सूचना दर्ता गराएका हुन् ।

ती अध्यादेशहरूमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश, शपथसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, आर्थिक अध्यादेश, रेलवे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश र विनियोजन अध्यादेश छन् ।

उक्त अध्यादेशहरू संसद् छलेर ल्याएको, संविधानको भावनाविपरीत रहेको, संसदीय अभ्यास र मान्यताविपरीत रहेकोलगायतका कारण राष्ट्रिय सभाले अस्वीकृत गर्नुपर्ने सूचना पत्रमा उल्लेख छ । त्यस्तै, कांग्रेसले  पनि अध्यादेश अस्वीकारको  सूचना संसद् सचिवालयमा दर्ता गराएको छ  । 

सुझावित समाचार