बाढीले कार्यालय बगाएपछि नासाेँ गाउँपालिकाको अस्थायी कार्यालय बेंसीसहरमा

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

जेठ ३१ गते रातिदेखिको भीषण वर्षासँगै मर्स्याङ्दीमा आएको बाढीले नासोँ गाउँपालिकाको कार्यालय बगाएपछि गाउँपालिकाबाट प्रदान गर्ने सेवा प्रभावित भएको छ । बाढीले मनाङको नासोँ गाउँपालिकाको कार्यालयसँगै धारापानी बजार पनि बगाएको छ । 

बाढीले कार्यालय बगाएपछि गाउँपालिकाको कार्यपालिका बैठकले बेंसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गर्ने निर्णय गरेसँगै बेंसीसहरबाट सेवा प्रवाह सुरु गरिएको नासोँ गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए । 

गाउँपालिकाले कारोबार गर्ने बैंक बेंसीसहरमा रहेकाले पनि बेंसीसहरमा आपतकालीन कार्यालय सञ्चालन गरिएको अध्यक्ष घलेको भनाइ छ । बाढीले चामे जाने बाटोसमेत बगाएको र विद्युत् अवरुद्ध भएकाले बेंसीसहरबाट कामकाज हुने गरी निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।

धारापानीका सबै स्थानीय ओडार गाउँको आमा समूहको भवनमा बसेका छन् । धारापानीमा रहेका गाउँपालिका कार्यालयसहित प्रभु बैंक, प्राइम कमर्सियल बैंक, सीमा प्रहरी चौकी धारापानी, पर्यटकीय होटेलसहित स्थानीयका १० घर मर्स्याङ्दीले बगाएको छ । 

सुझावित समाचार