कांग्रेसमा क्रियाशीलको विवाद समाधान गर्न शीर्ष नेताको बैठक बस्दै

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

१४औँ महाधिवेशनको तयारीमा जुटेको कांग्रेसले क्रियाशील सदस्यताको विवाद समाधान गर्न सकेको छैन । सभापति शेरबहादुर देउवाले विवाद समाधान र महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

बिहीबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको एक नेताले जानकारी दिए । 

बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले छानबिनका क्रममा अहिलेसम्म भएका प्रगतिबारे जानकारी गराउनेछ । क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।

कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका छ ।
 

सुझावित समाचार