नेपाली सेनालाई अमेरिकाको रेस्क्यु बोट उपहार

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

अमेरिकी सेनाले नेपाली सेनालाई  जल उत्पन्न प्रकोपका समयमा उद्धारका लागि उपयोगी हुने चारवटा रेस्क्यु बोट (उद्धार डुंगा) उपहार दिएको छ । अमेरिकी राजदूतावासअन्तर्गत अफिस अफ डिफेन्स कोपरेसन (ओडिसी)का तर्फबाट डुंगा उपलब्ध भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

ओडिसीका प्रमुख मेजर माइकल पी ह्वाइटले आउट बोर्ड मोटरसहितको डुंगा छाउनीस्थित जंगी असवाव खानामा बिहीबार सेनाको विपत् व्यवस्थापन निर्देशनालयका निर्देशक सहायकरथी रामनाथ शर्मा (ढुंगाना)लाई हस्तान्तरण गरेका छन् । उद्धार डुंगाहरू बाढी डुबानजस्ता जलउत्पन्न विपतका समयमा उद्धार तथा राहत कार्यमा बहुउपयोगी हुने विश्वास नेपाली सेनाले लिएको छ । 

सुझावित समाचार