शुल्क खारेजको माग गर्दै त्रिविलाई क्रान्तिकारीको ध्यानाकर्षण

मंगलबार, १५ असार, २०७८
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयले एमफिल, पिएचडीलगायत विभिन्न संकाय र विषयमा शुल्क वृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) ले ध्यानाकर्षण भएको जनाएको छ । सोमबार क्रान्तिकारीले विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटालाई भेटेर शुल्क खारेजीलगायत विषयमा ध्यानाकर्षण गराउँदै मागपत्र बुझाएको छ ।

कोरोना महामारीका कारण मुलुक अस्तव्यस्त भएको अवस्थामा त्रिभुवन विश्वविद्यालयजस्तो मुलुकको सबैभन्दा ठूलो शैक्षिक संस्थालाई निजीकरण गराउने उद्देश्यले शुल्क बढाइएको आरोप क्रान्तिकारीको छ ।

सुझावित समाचार