रामचन्द्र पौडेललाई भेटेर शेखर कोइरालाले भने– म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस्

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । पौडेलनिवास बोहोराटारमा सोमबार भएको भेटमा कोइरालाले पौडेलसँग सहयोग मागेका हुन् ।

पौडेललाई कोइरालाले भनेका छन्, ‘म पार्टी चलाउँछु, तपाईं प्रधानमन्त्री बन्नुस् ।’ 

पौडेलले कोइरालासँग अन्तिमपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । पौडेलले आफू अहिलेसम्म पार्टी सभापति र प्रधानमन्त्री नभएको भन्दै एकपटक सहयोग गर्न आग्रह गरेका छन् । 

पौडेल र कोइरालाबीच क्रियाशील सदस्यताको विवाद समाधानका विषयमा पनि छलफल भएको थियो ।
 

सुझावित समाचार