युरोकप २०२० मा दाजुभाइ जोडी

सोमबार, १४ असार, २०७८
डिजिटल संस्करण
युरोकप २०२० मा दाजुभाइ जोडी

स्टेफान र भाइ मिलन रिस्तोभ्स्की ।

 युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता युरोकपको १६औँ संस्करण जारी छ । शनिबारबाट प्रतियोगिताको नकआउट चरणका खेलहरू सुरु भएका छन् । कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण एक वर्षपछि सरेको प्रतियोगिताको समूहगत चरणमा २४ टोलीको सहभागिता थियो । जसमध्ये आठ टोली समुहगत चरणबाटै बाहिरिसकेका छन् 

। यो संस्करणमा सहभागी १९ टोलीले गत संस्करणमा पनि खेलेका थिए । त्यसमध्ये बेल्जियम र इटाली पनि थिए, जसले छनोट चरणका १० मध्ये १० वटै खेलमा जित हात पारेका थिए । युरोकपको साबिक विजेता पोर्चुगल, विश्व च्याम्पियन फ्रान्स र सन् २०१४ को विश्वकप विजेता जर्मनी लगातार १३औँ पटक युरोकपका लागि छनोट भएका छन् । संयोगवश, यी तीनै टोली एकै समूहमा परेका छन् ।

जारी युरोकपमा पहिलेको भन्दा फरक प्रत्येक टोलीमा २६–२६ खेलाडी समावेश छन् । आयोजक युरोपेली फुटबल महासंघ (युइएफए) को राष्ट्रिय टिम समितिको सुझाबअनुसार कोरोना महामारीका कारण टोलीहरूलाई २३ को सट्टा २६ खेलाडी राख्न अनुमति दिइएको हो । त्यसअनुसार जारी प्रतियोगितामा २४ टोलीबाट ६ सय २२ खेलाडीको सहभागिता छ । त्यसमध्ये कति टोलीमा दाजुभाइको दुर्लभ जोडी पनि सहभागी छन् । 

कुन टोलीमा कतिजना दाजुभाइ जोडी ?
जारी युरोकप २०२० मा दाजुभाइको दुई जोडी सहभागी छन् । त्यसमध्ये एक जोडी बेल्जियमको टोलीमा छ । सन् २०१६ को युरोकप गुमाएका बोरुसिया डोर्टमन्डका मिडफिल्डर थोर्गन हाजार्डले जारी युरोकपमा भने टोलीमा स्थान पाएका छन् । उनका दाइ इडेन हाजार्ड बेल्जियम टोलीका नियमित सदस्य हुन् ।

यो सिजन चोटबाट धेरै सताइएका रियल म्याड्रिडका इडेन समूहगत चरणको खेलअन्तर्गत रुसविरुद्ध ७१औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए । उक्त खेलमा इडेनका भाइ थोर्गन सुरुवातबाटै मैदानमा थिए । बेल्जियमले ३–० ले जितेको उक्त खेलमा यी दाजुभाइले मैदानमा ३० मिनेटसँगै बिताएका थिए ।

अघिल्लो आइतबार अस्ट्रियाले पहिलोपटक युरोकप खेलिरहेको म्यासेडोनियासँग प्रतिस्पर्धा गर्दा पनि मैदानमा अर्काे दाजुभाइ जोडी देखिए । जसले इडेन र थार्गनको जस्तै मैदानमा केही समयसँगै बिताए । म्यासेडोनियाले इतिहासमा युरोकपको पहिलो खेल खेल्दा डाइनामो जाग्रेभका रक्षक स्टेफान रिस्तोभ्सस्कीले पनि टोलीसँगै प्रतियोगितामा डेब्यु गरे । सोही खेलमा उनका भाइ मिलन रिस्तोभ्स्की पनि खेलको ८५औँ मिनेटमा मैदानमा प्रवेश गरे । 

See More On

सुझावित समाचार