देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् । बैठकमा क्रियाशील सदस्यताको विवाद समाधान गर्ने सम्बन्धमा छलफल हुनेछ । 

बुढानीलकण्ठस्थित देउवानिवासमा आज दिउँसो २ बजे बैठक बस्दै छ । क्रियाशील सदस्यता छानबिन समितिले सदस्यता छानबिनका क्रममा देखापरेका समस्या सुल्झाउन मापदण्ड तयार पारिसकेकाे छ । पदाधिकारी बैठकले सो मापदण्डलाई अन्तिम रूप दिनेछ ।

१४औँ महाधिवेशनका लागि आठ लाखभन्दा बढी क्रियाशील सदस्यको विवरण सार्वजनिक भएको छ । त्यसमा उजुरीका लागि असार ६ गतेसम्म तथा नाम सच्याउन ९ गतेसम्मको समय दिएको थियो । २५ भन्दा बढी जिल्लाबाट धेरै नै विवादित उजुरी परेका छन् ।

सुझावित समाचार