शौचालयका लागि निस्किएका मुखिया मृत फेला

शनिबार, १२ असार, २०७८
डिजिटल संस्करण

महोत्तरीको रामगोपालपुर नगरपालिका ५ स्थित एकजनाको शव फेला परेको छ । रामगोपालपुर नगरपालिका ५ स्थित ट्राफिक बिटदेखि पूर्व घर भएका ४० वर्षीय रामकिशुन मुखिया मृत फेला परेका हुन् । घरभन्दा केही अगाडि पोखरीको छेउमा मुखियाको शव फेला परेको हो । शव पोस्टमार्टमका लागि जलेश्वर पठाइएको छ । 

शुक्रबार राति खाना खाएर शौचालय जान्छु भनेर निस्केका मुखियाको शव शनिबार बिहान फेला परेको हो । रूखमा गम्छा बेरी झुन्डिएको अवस्थामा उनको शव भेटिएपछि प्रहरीले आत्महत्याको आशंका गरेको छ । मजदुरी गरेर घरपरिवार चलाइरहेका मृतक मुखिया दुई दिनपछि भारतको पन्जाब जाने तयारीमा थिए ।

 जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले पोस्टमार्टम रिपोर्टपछि सत्यतथ्य थाहा हुने जानकारी दिए । 

See More On

सुझावित समाचार