सेयर बजार बुलिसबाट एकाएक बियरिसतर्फ लागिरहेका वेला कारोबार रकममा पनि दैनिक गिरावट आएको छ । लगानीकर्ता तथा विश्लेषक सेयर कारोबारलाई नै आधार मानेर सेयर बजारको भविष्य निर्धारण हुने बताउँछन् । धितोपत्र बोर्डको विज्ञप्तिपछि नेप्सेसँगै कारोबार रकममा पनि गिरावट जारी छ ।
कुनै वेला ३ हजारको बिन्दुमा रहेर बुुलिस टेन्ड्रमा रहेको नेप्सेमा दैनिक ओरालो यात्रा कायम हुँदा नयाँ लगानीकर्ता झनै सशंकित हुन पुुगेकाले बजार घटेको लगानीकर्ता बताउँछन् । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से घटेर नै बन्द भएको छ । सेयर खरिद–बिक्रीमा पनि लगानीकर्ता सुुस्ताएका छन् । कारोबार रकम दैनिकजसो ओरालो गतिमा छ । बिहीबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १९ कम्पनीको १ करोड ३२ लाख कित्ता किनबेच हुँदा ७ अर्ब ३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
जुन यसअघिका हप्ताहरूमा झन्डै तीन गुुणाले कम कारोबार हो । लगानीकर्ता तथा पुुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल धितोपत्र बोर्डका कारण र अहिलेको राजनीतिक अस्थिरताले पनि सेयर बजारमा प्रभाव पारेको बताउँछिन् । लगानी गर्ने वातावरण अन्य क्षेत्रमा पनि बिस्तारै खुुकुुलो हुने हुँदा लगानीकर्ता बाँडिँदा पनि बजार घटेको उनको विश्लेषण छ ।
सबैभन्दा धेरै सेयर खरिद–बिक्री हुने कम्पनीमा नेपाल रि–स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको ३७ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रोमा नेपाल इस्योरेन्स कम्पनीको ३५ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यसैगरी, अपर तामाकोसी हाइड्रोपावर कम्पनीको २८ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।
नेप्से परिसूूचक १६ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय ४३ बिन्दुुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव १७ अंकले घटेर ५ सय २५ दशमलव ६४ बिन्दुुमा पुुगेको छ ।
कारोबारमा आएका १३ समूहका सूचकमध्ये १० समूूहका सूचक नकारात्मक बनेका छन् भने २ समूूहका सूूचकमा हरियाली छाएको छ । विकास बैंक, फाइनान्स निर्जीवन बिमा कम्पनीको सेयर मूूल्य सबैभन्दा धेरै घटेको छ भने होटेल तथा पर्यटन र जलविद्युुत् कम्पनीका लगानीकर्ताले नाफा आर्जन गर्न सफल भएका छन् । सबैभन्दा धेरै घट्ने कम्पनीमा ङादी ग्रुप, नेपाल इस्योरेन्स कम्पनी, वरुण हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको ५ प्रतिशतले घट्दा यी कम्पनीका लगानीकर्ता सबैभन्दा बढी निराश बनेका हुन् ।
त्यस्तै, सबैभन्दा धेरै बढ्ने कम्पनीमा अपर तामाकोसी हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको ९ दशमलव ८८ प्रतिशतले बढेर प्रतिसेयर मूल्य ७ सय ४५ रुपैयाँ पुुगेको छ भने समृद्धि फाइनान्स, रुरु जलविद्युुत् परियोजना, कृषि विकास बैंकको करिब ३ प्रतिशतले बढेको छ ।
प्रारम्भिक कारोबार सत्रको सेयर मूूल्य ५ प्रतिशतबाट २ प्रतिशतमा झर्यो
नेपाल धितोपत्र बोर्डले प्रारम्भिक कारोबार सत्र अर्थात् प्रि–ओपन सेसनमा हुने मूल्य परिवर्तनको सीमालाई घटाएको छ । बोर्डले हाल ५ प्रतिशत रहेको मूूल्य सीमालाई घटाएर २ प्रतिशतमा झारेको हो । बोर्डले धितोपत्र कारोबार हुँदा न्यूनतम मूल्य परिवर्तनको सीमालाई समेत घटाएको छ । हाल न्यूनतम मूल्य परिवर्तनको सीमा १ रुपैयाँ रहेकोमा त्यसलाई घटाएर १० पैसा कायम गरेको बोर्डको जारी विज्ञप्तिमा भनिएको छ ।
बोर्डले प्रारम्भिक सत्रमा धितोपत्रको मूल्यमा भइरहेको अस्वाभाविक उतारचढावलाई व्यवस्थित गर्नुपर्ने देखिएकाले उक्त सत्रमा हुने मूल्य परिवर्तनको सीमालाई घटाइएको जनाएको छ । अन्तर्राष्ट्रिय असल अभ्यासअनुरूप हुने गरी धितोपत्र कारोबारको न्यूनतम मूल्य सीमालाई परिवर्तन गरिएको र यसबाट खरिदकर्ता र बिक्रीकर्ताले प्रतिस्पर्धा मूल्यमा खरिद–बिक्री गर्न सक्ने बोर्डको जारी विज्ञप्तिमा उल्लेख छ ।