मौलापुर नगरपालिकाको पाँचौँ नगरसभामा झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

बिहिबार, १० असार, २०७८
डिजिटल संस्करण

रौतहटको मौलापुरमा दोहोरो झडप भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।

मौलापुर नगरपालिकाको पाँचौँ नगरसभा चलिरहँदा बाहिर प्रभु साह पक्ष र अन्य दलका कार्यकर्ताबीच  झडप भएको हो । नगरसभाको प्रमुख अतिथि एमाले नेता प्रभु साह रहेका थिए ।  

उनकी श्रीमती रिनाकुमारी साह मेयर रहेको नगरपालिकामा अनियमितता भएको भन्दै अन्य दलले विरोध प्रदर्शन गर्ने क्रममा झडप भएको हो । 

See More On

सुझावित समाचार