सेयर बजारमा छायो हरियाली

बुधबार, ९ असार, २०७८
डिजिटल संस्करण

सबै उपसमूह हरियो, कारोबार रकम भने बढ्न सकेन

सेयर बजारमा हरियाली पुुनः छाएको छ । ३ हजारमाथिको बिन्दुुमा पुुगेको नेप्सेमा नेपाल धितोपत्र बोर्डको विज्ञप्तिले बजार ओरालो लागेको थियो । उच्च अंकको गिरावटपछि नेप्सेमा मंगलबार हरियाली छाएको हो । नयाँ लगानीकर्ताले नाफा बुक राख्नाले पनि सेयर बजार केही प्रभावित बनेको थियो ।

कारोबारमा आएका १३ समूहका सूचकमध्ये विकास बैंक, फाइनान्स, जलविद्युुत् समूूहमा लगानीकर्ताको आकर्षण उच्च रहेको छ । यी समूूहका लगानीकर्ता ६ प्रतिशतले नाफा कमाउन सफल भएका छन् । त्यस्तै, जीवन बिमा, निर्जीवन बिमा, लगानीगत समूूहको सूूचकमा पनि हरियाली छाएको छ ।

मंगलबार नेप्से परिसूूचक ७९ दशमलव ४३ अर्थात् २ दशमलव ८० प्रतिशतले बढेर २ हजार ९ सय १३ बिन्दुुमा पुुगेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स १६ दशमलव १९ प्रतिशतले बढेर ५ सय ३६ बिन्दुुमा पुुगेको छ ।

दुुई दर्जन कम्पनीको सेयर सर्किट मूूल्यमा बढ्यो
मंगलबार करिब दुई दर्जन कम्पनीको सेयर सकारात्मक सर्किट मूूल्यमा कारोबार भएको छ । जानकी फाइनान्स, वरुण हाइड्रोपावर, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, एनगढी ग्रुुप, पञ्चकन्यामाई हाइड्रोपावर, राधी जलविद्युुत् कम्पनी, जोशी हाइड्रोपावर, कालिका पावर कम्पनी, युुनियन हाइड्रोपावर लिमिटेड, घलेम्दी हाइड्रोका करिब १० प्रतिशतले सर्किट मूूल्यमा कारोबार हुुँदा यी कम्पनीका लगानीकर्ताले उच्च नाफा आर्जन गर्न सफल भएका छन् । त्यस्तै, खानी खोला हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिबर्टी इनर्जीलगायत कम्पनीको  सेयर मूूल्यमा पनि  हरियाली छाएको छ ।

गुमाउने कम्पनीहरूमा गोर्खा फाइनान्स, रुरु जलविद्युुत् कम्पनीलगायत रहेका छन् । मंगलबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २५ कम्पनीको करिब २ करोड कित्ता–इकाइ सेयर किनबेच हुँदा १० अर्ब २८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रि–इस्योरेन्स कम्पनी रहेको छ । कम्पनीको १ अर्ब ४९ करोड ३२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, दोस्रोमा जलविद्युत् लगानी तथा विकास कम्पनीको ३२ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेसनल हाइड्रोपावर कम्पनीको २६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।

See More On

सुझावित समाचार