अदालतले सरकारलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छौँ : लीलानाथ श्रेष्ठ

अन्तर्वार्ता

मंगलबार, ८ असार, २०७८
डिजिटल संस्करण
अदालतले सरकारलाई न्याय दिन्छ भन्नेमा विश्वस्त छौँ : लीलानाथ श्रेष्ठ

लीलानाथ श्रेष्ठ, मन्त्री, कानुन, न्याय तथा संसदीय मामिला

सरकारका एकपछि अर्का ठूला निर्णयलाई सर्वाेच्च अदालतले रोकेको छ, सरकारको कानुनमन्त्रीका रूपमा सर्वाेच्चका आदेशलाई कसरी मूल्यांकन गर्नुहुन्छ? 

अहिले अन्तरिम आदेश मात्र दिएको हो । यो त फैसला भएको होइन । नागरिकता अध्यादेश सबै पार्टीले निर्णय गरेको विषय हो । संविधान बनाउँदा सबैले सर्वसम्मत निर्णय गरेका थिए । त्यसको फुलिस्टप र कमा पनि हामीले केही परिवर्तन गरेका छैनौँ । संविधानाको भावनाअनुसार नै ल्याएको हो । नागरिकताका लागि अदालतमा ३५ हजार मुद्दा परेका छन् । त्यो कार्यान्वयनका लागि स्वयं सम्मानित अदालतले आदेश पनि गरेको छ । अदालतलाई हामीले जवाफ पनि पठाइसकेका छौँ । फैसला आइसकेपछि यसमा हामी बोल्दै छौँ । संविधानसम्मत भएको हुनाले यसलाई सम्मानित सर्वाेच्च अदालतले संविधानअुनसार नै फैसला गर्छ भन्ने विश्वास छ । 

सरकारका निर्णयविरुद्ध हरेक हप्ताजसो सर्वाेच्च अदालतमा मुद्दा परिरहेका हुन्छन्, किन यो सरकारविरुद्ध यति धेरै मुद्दा परेका होलान् ? 
मुद्दा हाल्ने प्रजातान्त्रिक अधिकार हो । सबै मुद्दामा संविधानअुनसार नै फैसला हुनेछ भन्ने मलाई विश्वास छ । 

कतै कार्यपालिकामाथि न्यायपालिकाले हस्तक्षेप गर्यो भन्ने त लागेको छैन ? 
हस्तक्षेपचाहिँ नभनिहालौँ । अहिले फैसला आइसकेको छैन, अन्तरिम आदेश मात्र हो । हस्तक्षेपभन्दा पनि अहिले संयोग परेको होला ।

सर्वाेच्चका यस्ता आदेशले प्रधानमन्त्रीलाई नैतिक रूपमा असर गर्छ कि गर्दैन ? 
हामीले सबै निर्णय कानुनसम्मत नै गरेका छौँ । सम्मानित सर्वाेच्च अदालतले पनि राज्यलाई, सरकारलाई, मुलुकलाई संविधानअनुसार नै न्याय दिन्छ भनेर विश्वास लिएका छौँ । फैसला आएपछि थप टीकाटिप्पणी गरौँला । 

सुझावित समाचार