लगातारको वर्षाले साफेँ – मार्तडी सडकखण्ड अवरुद्ध हुँदा पैदलीयात्रीलाई सास्ती

शनिबार, ५ असार, २०७८
डिजिटल संस्करण

लगातारको अविरल वर्षाका कारण  साफेँ–मार्तडी सडकखण्डअन्तर्गतको दवारीदेखि बल्देसम्म पहिरोले सडक अवरुद्ध गरेपछि पैदलयात्रीलाई सास्ती भएकाे छ । 

साफेँ–मार्तडी सडकखण्डअन्तर्गत पर्ने दवारी–बल्दे सडकको अर्को विकल्प नहुँदा यात्रुहरूले आफ्नो ज्यान जोखिममा राखेर लगातार बगिरहेको पहिरोबाटै यात्रा गर्नुपर्ने बाध्यता रहेको बताउँछन्  नीमेन्द्र शाही ।

सरकारले समयमै साफेँ–मार्तडी सडकखण्डअन्तर्गत पर्ने दवारी–बल्दे सडकको विकल्प नखोजेका कारण वर्षाको समयमा यात्रुहरूलाई यात्रा गर्न निकै कठिनाइ भइरहेको शाहीले बताए । 

यस विषयमा जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन साफेँ भने मौन छन् । यात्रुहरूलाई सहज यात्रा गर्न अर्को कुनै विकल्प सरकारले गरेन भने ठूलो घटना हुन सक्ने सरोकारवालाको चिन्ता छ । 
 

सुझावित समाचार