एभरेष्ट बैंकद्वारा पाँच लाख सहयोग

आइतबार, ३० जेठ, २०७८
डिजिटल संस्करण

एभरेष्ट बैंक लिमिटेडले विराटनगरको नागरिक केयर सेन्टरलाई नगद सहयोग गरेको छ । बैंकले कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारका लागि केयर सेन्टरलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको हो ।

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण एवं स्वास्थ्य उपचारमा सहजीकरण गर्दै आएको नागरिक केयर सेन्टरलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बैंकले जनाएको छ ।

बैंकले प्रदेश नम्बर १ का क्षेत्रीय प्रबन्धक पूर्णबहादुर श्रेष्ठमार्फत केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेशकुमार जाजूलाई उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको जनाइएको छ । 

सुझावित समाचार