भारतीय सेनाद्वारा नेपाली सेनालाई २८ करोडबराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण

शनिबार, २९ जेठ, २०७८
डिजिटल संस्करण

भारतीय सेनाले नेपाली सेनालाई नेपाली २८ करोड रुपैयाँबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । शनिबार टुँडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित एक समारोहबीच नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापालाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् । 

भारतीय राजदूत क्वात्राले नेपाली सेनाको कोभिड– १९ विरुद्धको लडाइँमा भारतको सहयोग निरन्तर रहने जनाउँदै यस सम्बन्धमा नेपाली सेनाले पुर्याएको योगदानको सराहना गरे । 

भेन्टिलेटर, एम्बुलेन्स, आइसियू बेड, पिपिई किट, पिसिआर परीक्षण किटलगायतका स्वास्थ्य सामग्री जेठ २७ गते  भारतबाट काठमाडौं ल्याइएको थियो ।

गत सालयता भारतीय सेनाले नेपाली सेनालाई कोभिड महामारीविरुद्ध लड्न विभिन्न किसिमका सहयोग प्रदान गर्दै आएको छ । यसैबीच भारतीय सेनाले गत मार्चमा नेपाली सेनालाई एक लाख कोभिशिल्ड खोप प्रदान गरेको थियो । 

सुझावित समाचार