एनएमबि बैंकको साइकल र विद्युतीय सवारी कर्जा योजना

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

एनएमबि बैंकले विश्व वातावरण दिवसको अवसर पारेर साइकल र विद्युतीय सवारी कर्जा योजना ल्याएको छ । बैंकले माउन्टेन बाइक खरिद गर्न चाहने ग्राहक र विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकलाई फरक–फरक योजना ल्याएको हो । 

बैंकले आफ्नो क्रेडिट कार्ड वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्ने जनाएको छ । यसका साथै ८० प्रतिशतसम्म फाइनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको जनाइएको छ । 

बैंकले माउन्टेन बाइक विक्रेतासँग सम्झौता गरी जुन महिनाभरि शून्य प्रतिशत ब्याजदरको इएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना ल्याएको जनाएको छ । यसअन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाइक झम्सिखेल, ग्राभिटी नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काठमाडौं बाइक स्टेसन पानीपोखरी, साइकल ल्यान्ड, काडमाडौंबाट माउन्टेन बाइकहरू एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने जनाइएको छ ।  

हालको परिस्थिति र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसँगै अघि बढ्ने उद्देश्यका साथ उक्त योजना अघि सारिएको बैंकको दाबी छ । वातावरणीय संरक्षण र ग्राहकको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधाहरू प्रस्तुत गरेको जनाएको छ । बैंकले हाल देशभरि १ सय ८१ शाखा, १ सय ३७ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको जनाएको छ । 

सुझावित समाचार