यौन हिंसाको आरोपमा तीनजनाविरुद्ध किटानी जाहेरी दर्ता

सोमबार, २४ जेठ, २०७८
डिजिटल संस्करण

राउटे समुदायकी युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा तीनजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता भएको छ । मदिरा सेवन गराई जबर्जस्ती करणी गरेको भन्दै गुर्भाकोट नगरपालिकाका दोमनबहादुर घर्ती, भूपेन्द्र बुढा र होटेल सञ्चालक विनोद पुनविरुद्ध जाहेरी परेको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले किटानी जाहेरी दर्ता भइसकेको भन्दै घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । सुर्खेतको गुर्भाकोट नगरपालिका– ९ का स्थानीय युवा घर्ती, बुढा र होटेल सञ्चालक पुनले १९ र २३ वर्षकी राउटे समुदायका युवतीलाई होटेलमा लगेर  मदिरा सेवन गराएर उनीहरूलाई यौन दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ । 

मानव ओसारपसार, यौन दुव्र्यवहार र जबर्जस्ती करणीको मुद्दा अघि बढाउने प्रहरीको तयारी छ ।

सुझावित समाचार