भट्टराई र विष्टले भने– २ जेठमा फर्काएर एकता जोगाउन अन्तिसम्म लड्नुपर्छ

शुक्रबार, २१ जेठ, २०७८
डिजिटल संस्करण

एमालेको दोस्रो पुस्ताका नेता गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकता जोगाउन अन्तिमसम्म प्रयत्न गर्नुपर्नेमा जोड दिएका छन् । संस्थापन पक्षसँग अनौपचारिक वार्तामा सहभागी हुँदै आएका विष्ट र भट्टराई दुवैले शुक्रबारको भर्चुअल बैठकमा त्यस्तो धारणा राखेको केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटीको भर्चुअल बैठक बिहीबारदेखि जारी छ ।

‘उहाँहरू दुवैले एमालेलाई २ जेठ, ०७५ अघिको अवस्थामा पार्टीको संरचनालाई फर्काएर जाने कुरालाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने धारणा राख्नुभएको छ,’ आचार्यले भने, ‘एमालेको एकतासम्बन्धी आन्तरिक समस्यालाई आन्तरिक संघर्षको विधिबाटै हल गर्न सकिन्छ, त्यसका लागि एकता जोगाउन अन्तिमसम्म प्रयत्न गरेर लड्नुपर्छ भन्ने कोणबाटै कुरा आएको छ ।’

विष्ट र भट्टराईले ओली पक्षका ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ र प्रदीप ज्ञवालीलगायतका नेताहरूसँग भएको पछिल्लो छलफलको ब्रिफिङमा केन्द्रित रहेर धारणा राखेका थिए ।

See More On

सुझावित समाचार