कोरोनाका कारण युनिभर्सल मेडिकल कलेजका चिकित्सकको निधन, एक सय ६० स्वास्थ्यकर्मी संंक्रमित

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत एक चिकित्सकको कोरोना संक्रमणका कारण निधन भएको छ । 

कोरोना संक्रमणका कारण ३५ वर्षीय डा. पशुपति रजौरियाको बुधबार राति मृत्यु भएको मेडिकल कलेजका सूचना अधिकृत सुशील गुरुङले जानकारी दिए । 

कलेजमा एक सय ६० जना स्वास्थ्यकर्मी संक्रमित छन् । कोरोना संक्रमित चिकित्सक  रजौरियाको काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । मेडिकल कलेजमा उपचारार्थ चिकित्सकलाई थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो ।

कपिलवस्तु घर भएका डा. रजौरियाको केही महिनाअघि मात्र विवाह भएको थियो । उनीहरू श्रीमान्–श्रीमती दुवै कोरोना संक्रमित थिए । श्रीमती डा. हसिना वानु संक्रमणमुक्त भएकी थिइन् । श्रीमती वानु प्रसूति तथा स्त्री रोग विशषज्ञ हुन् । 

वैशाख २० मा कोरोना संक्रमण देखिएपछि डा. रजौरियाको कलेजमै एचडियू कक्षमा उपचार भएको थियो ।  त्यसको चार दिनपछि हेलिकाेप्टरमार्फत डा. रजौरियालाई काठमाडौं लगिएको थियो ।
 

सुझावित समाचार