नेपाल पक्षले बोलाएको बैठकमा सहभागी नहुन ओली पक्षको सर्कुलर

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएपछि अध्यक्ष केपी ओली पक्षले सोही बैठकमा सहभागी नहुन नेताहरूलाई सर्कुलर गरेको छ ।

बिहीबार बिहान शेरबहादुर तामाङले विज्ञप्ति जारी गरेर पार्टीको विधान र मुलुकको कानुनविपरीत बैठक बोलाइएको भन्दै बैठकमा सहभागी नहुनका लागि सर्कुलर गरेका हुन् । 

पार्टीले कारबाही गरेका व्यक्तिले बैठक बोलाएको भन्दै तामाङले भर्त्सना गरेका छन् । उनीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने नेकपा एमालेको वैधानिक व्यवस्थाविपरीत पार्टीले कारबाही गरेका अनधिकृत व्यक्तिले एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको भन्ने सुन्नमा आएको छ, त्यस्तो क्रियाकलापको निन्दा एवं भर्त्सना गर्दछु ।’

See More On

सुझावित समाचार