मनाङका चार स्थानीय तहलाई ६१ करोड बजेट : सबैभन्दा धेरै नासो गाउँपालिकालाई

बुधबार, १९ जेठ, २०७८
डिजिटल संस्करण

संघीय सरकारले आगामी आर्थिक वर्षका लागि हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई ६१ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।  मनाङका स्थानीय तहका लागि कुल ६१ करोड ३४ लाख रुपैयाँ विनियोजन भएको हो । 

सदरमुकामसमेत रहेको चामे गाउँपालिकाका लागि १५ करोड ८८ लाख बजेट विनियोजन भएको छ । चामे गाउँपालिकालाई समानीकरण अनुदानतर्फ ६ करोड ९८ लाख, ससर्त अनुदानतर्फ ६ करोड ८२ लाख, विशेष अनुदानतर्फ दुई करोड आठ लाख रुपैयाँ रहेको गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले बताए । 

त्यस्तै, मनाङ ङिस्याङ गाउँपालिकालाई १५ करोड ६८ लाख रुपैयाँ विनियोजन भएको छ । जसमध्ये ६ करोड ९८ लाख रुपैयाँ समानीकरण, आठ करोड ७० लाख रुपैयाँ ससर्त अनुदानतर्फ रहेको छ । 

जिल्लाको विकटमा रहेको नार्पाभूमि गाउँपालिकाको लागि १२ करोड ५१ लाख विनियोजन भएको छ । गाउँपालिकाले पाउने बजेटमध्ये समानीकरणतर्फ ६ करोड ८४ लाख, ससर्त अनुदानतर्फ तीन करोड ८८ लाख, विशेष अनुदानमा एक करोड ३३ लाख र समपूरकतर्फ ४६ लाख बजेट विनियोजन भएको छ । 

मनाङका चार स्थानीय तहमध्ये मनाङको नासो गाउँपालिकाले सबैभन्दा धेरै १७ करोड २७ लाख बजेट पाउने भएको छ । गाउँपालिकाको समानीकरण अनुदानतर्फ ६ करोड ९९ लाख, ससर्त अनुदानतर्फ १० करोड २८ लाख रुपैयाँ रहेको छ । जिल्लाका चार स्थानीय तहमध्ये चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकाले विशेष अनुदान पाउने भएका छन् । 

सुझावित समाचार