वरिष्ठताका आधारमा इजलाश तोक्ने गरी नियमावली संशोधनका लागि सर्वोच्चको फुलकोर्ट बस्दै

मंगलबार, १८ जेठ, २०७८
डिजिटल संस्करण

वरिष्ठताका आधारमा इजलाश तोक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा तयार भएपछि अब सर्वोच्च अदालतको फूलकोर्ट बस्ने भएको छ । सर्वोच्चका वरिष्ठ न्यायाधीशविनाको इजलाश तोकिएपछि इजलाशभित्र र बाहिर पनि आलोचना भएको थियो । 

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले फुलकोर्ट बसेर संवैधानिक इजलास सञ्चालनसम्बन्धि नियमावली संशोधन गर्ने  सहमति भएको जानकारी दिएका छन् । उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग छलफलमा थिए । 

बाहिरिएपछि पत्रकारहरुसँग उनले भने, ‘वरिष्ठताका आधारमा  बेन्च तोक्ने विषयमा प्रधानान्यायधीश सहमत हुनुभएको छ, त्यसको लागि फुलकोर्टले संवैधानिक इजलास सञ्चालनसम्बन्धि नियमावली संशोधन गर्ने र न्याय परिषदमा संशोधनका लागि निर्णय गरि पठाउने भएको छ ।

सुझावित समाचार